गृहमन्त्रीविरूद्ध तरुण दलको प्रदर्शन



 

 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार रहेको यसअघि बताएका थिए ।

 

 

   

  

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्