गृहमन्त्रीविरूद्ध तरुण दलको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार रहेको यसअघि बताएका थिए ।

 

 

   

  

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...