कांग्रेसका सांसद न्यायाधीश होइनन् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए । उनले भने, ‘कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप उचालेर हिँडेका छन् । अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ । कांग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौं तर, संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ । उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रष्ट्याए । उनले भने, ‘सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको ? लोकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन कांग्रेसलाई, कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि ? को न्यायाधीश हुन्छ नेपाली कांग्रेस, कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ? राजनीति स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफ्नो तर्फ आउन मानेन भने अपराधी भइहाल्ने ? कांग्रेसलाई शरम लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...