कांग्रेसका सांसद न्यायाधीश होइनन् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए । उनले भने, ‘कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप उचालेर हिँडेका छन् । अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ । कांग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौं तर, संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ । उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रष्ट्याए । उनले भने, ‘सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको ? लोकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन कांग्रेसलाई, कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि ? को न्यायाधीश हुन्छ नेपाली कांग्रेस, कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ? राजनीति स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफ्नो तर्फ आउन मानेन भने अपराधी भइहाल्ने ? कांग्रेसलाई शरम लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...