एमाले संसदीय दलको बैठकमा के-के भयो छलफल



 

 

नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक चलिरहेको प्रमुख सचेतक महेश बर्तौँलाले बताए । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । ओलीको सम्बोधनपछि बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ  । सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमलाई अगाडि बढाउने विषयमा बैठकले निर्णय लिनेछ। साथै आगामी बजेटका विषयमा पनि बैठकमा छलफल हुनेछ । सांसद नभए पनि महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्