एमाले संसदीय दलको बैठकमा के-के भयो छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक चलिरहेको प्रमुख सचेतक महेश बर्तौँलाले बताए । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । ओलीको सम्बोधनपछि बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ  । सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमलाई अगाडि बढाउने विषयमा बैठकले निर्णय लिनेछ। साथै आगामी बजेटका विषयमा पनि बैठकमा छलफल हुनेछ । सांसद नभए पनि महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...