प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ, समानुपातिक र राष्ट्रियसभा खारेज गरौँ : योगेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले यही निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्वको सम्भावना कम भएको बताएका छन् । अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सवमा आयोजित कार्यक्रममा आजको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको जिकिर गरे । उनले भने- संसदले प्रधानमन्त्री बनाउँछ भने त्यो संसदले कस्तो प्रधानमन्त्री बनाउँछ ? संसदले बहुमत भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछ कि पाँच छ ओटा दल मिलेर प्रधानमन्त्री बनाउँछ  ? आजको व्यवस्था यही हो । आजको व्यवस्थामा जाने हो भने त्यो पार्टीसँग बहुमत हुने ग्यारेन्टी के हुन्छ  ? त्यो त हामीले भन्न सकिँदैन । अहिले एमाले वा कांग्रेसको बहुमत आइहाल्ने अवस्था छैन । त्यसो भए गठबन्धन भइहाल्छ त्यो चुनावअघि गर्ने कि चुनावपछि  ? उनले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीबाट जाने अर्को विकल्प पनि हुनसक्ने बताए । उनले थपे- संविधान निर्माणको बेलामा एमालेको धारणा राष्ट्रपति सेरेमोनियल बनाऔँ, प्रधानमन्त्री प्रत्यक्ष चुनिएर आउने बनाऔँ, त्यो हुँदा स्थायित्व होला भन्ने हाम्रो त्यो बेलामा प्रस्ताव थियो । अहिले यही व्यवस्थामा जाने भए हामीले जुनजुन निर्वाचन प्रणाली थपेका छौँ, त्यसको अर्को विकल्प भनेको प्रत्यक्ष निर्वाचित हुने संसदीय व्यवस्था, सांसदहरू प्रत्यक्ष निर्वाचित हुने, समानुपातिकलाई राष्ट्रियसभामा व्यवस्थित गरौँ । आजको निर्वाचन प्रणालीले बहुमत ल्याउने सम्भावना छ । त्यसैले बहुमत प्राप्त प्रधानमन्त्री दिने सम्भावना पनि छ । आज पनि भूराजनीतिक प्रभावले शासकीय प्रणाली र स्थायित्वलाई असर गरिरहेको बताए । उनले भने- कांग्रेस र प्रचण्डजीबीच द्वन्द्व बढ्यो, मुलुक भड्खालोमा जान लाग्यो, सदनलाई ०८४ सम्मको जनतालाई म्यान्डिनेट दिएका छन्, त्यसलाई रोक्न समर्थन गरेका हौं । यसले कतिको राजनीतिक स्थायित्व दिन्छ अहिले भन्न सकिँदैन । हामीले कोसिस गर्ने हो । 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...