प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ, समानुपातिक र राष्ट्रियसभा खारेज गरौँ : योगेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले यही निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्वको सम्भावना कम भएको बताएका छन् । अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सवमा आयोजित कार्यक्रममा आजको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको जिकिर गरे । उनले भने- संसदले प्रधानमन्त्री बनाउँछ भने त्यो संसदले कस्तो प्रधानमन्त्री बनाउँछ ? संसदले बहुमत भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछ कि पाँच छ ओटा दल मिलेर प्रधानमन्त्री बनाउँछ  ? आजको व्यवस्था यही हो । आजको व्यवस्थामा जाने हो भने त्यो पार्टीसँग बहुमत हुने ग्यारेन्टी के हुन्छ  ? त्यो त हामीले भन्न सकिँदैन । अहिले एमाले वा कांग्रेसको बहुमत आइहाल्ने अवस्था छैन । त्यसो भए गठबन्धन भइहाल्छ त्यो चुनावअघि गर्ने कि चुनावपछि  ? उनले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीबाट जाने अर्को विकल्प पनि हुनसक्ने बताए । उनले थपे- संविधान निर्माणको बेलामा एमालेको धारणा राष्ट्रपति सेरेमोनियल बनाऔँ, प्रधानमन्त्री प्रत्यक्ष चुनिएर आउने बनाऔँ, त्यो हुँदा स्थायित्व होला भन्ने हाम्रो त्यो बेलामा प्रस्ताव थियो । अहिले यही व्यवस्थामा जाने भए हामीले जुनजुन निर्वाचन प्रणाली थपेका छौँ, त्यसको अर्को विकल्प भनेको प्रत्यक्ष निर्वाचित हुने संसदीय व्यवस्था, सांसदहरू प्रत्यक्ष निर्वाचित हुने, समानुपातिकलाई राष्ट्रियसभामा व्यवस्थित गरौँ । आजको निर्वाचन प्रणालीले बहुमत ल्याउने सम्भावना छ । त्यसैले बहुमत प्राप्त प्रधानमन्त्री दिने सम्भावना पनि छ । आज पनि भूराजनीतिक प्रभावले शासकीय प्रणाली र स्थायित्वलाई असर गरिरहेको बताए । उनले भने- कांग्रेस र प्रचण्डजीबीच द्वन्द्व बढ्यो, मुलुक भड्खालोमा जान लाग्यो, सदनलाई ०८४ सम्मको जनतालाई म्यान्डिनेट दिएका छन्, त्यसलाई रोक्न समर्थन गरेका हौं । यसले कतिको राजनीतिक स्थायित्व दिन्छ अहिले भन्न सकिँदैन । हामीले कोसिस गर्ने हो । 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...