काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पताल का प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाण्डू मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि काठमाण्डू मोडेल अस्पताल(प्ःज्) मा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा काठमाण्डू मोडेल अस्पतालका वित्तिय तथा प्रशासकिय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...