मालपोत र नापीसम्बन्धी सेवा अनलाइनमार्फत स्थानीय तहबाटै दिइने



 

 

सरकारले मालपोत र नापीसम्बन्धी सेवाहरु स्थानीय तहबाटै अनलाइनमार्फत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मालपोत र नापीसम्बन्धी आधारभूत सेवाहरु स्थानीय तहबाटै एकीकृत रुपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताएका हुन् । उनले भने, ‘घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनात्मक सुधार गरिनेछ । मलपोत र नापीसम्बन्धि आधारभूत सेवाहरु स्थानीय तहबाटै एकीकृत रुपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइनेछ । नापीनक्सासम्बन्धी कार्यलाई थप प्रविधियुक्त तथा व्यवस्थित बनाइनेछ । डाइनामिक डाटअप भरिभाषित गरी नापीनक्सा कार्यलाई यथार्थपरक बनाइनेछ । सेटलाइट प्रविधिमा आधारित नियन्त्रण आधार विन्दुहरुको सञ्जाल विस्तार गरिनेछ । आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ । भूमिको प्रकृति र सम्भावनाअनुरुप तीन तहको वर्गीकरण गरी प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमता बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्