५ लाख भूमिहीनलाई जग्गा दिने सरकारको घोषणा



 

 

सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने उनले बताए । सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिंचाइ परियोजना निर्माणमा पनि जोड दिइएको छ । सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताउनु भयो । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका