सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न छन् : कांग्रेस



 

 

 नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको दाबी दोहो¥याएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेकखले विज्ञप्ति जारी गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सहकारीमा बचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेका छन् । यसबारेमा संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलले निरन्तर माग गरिरहेको सर्वविदित्तै छ । लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अर्बौं बचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको कांग्रेसको निष्कर्ष छ ।विज्ञपित्मा भनिएको छ, ‘सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको बचतको सुरक्षाको ग्यारेन्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरुमाथि कारबाही गर्न अनिवार्य भएको ठहर गर्दछ । कांग्रेसले उठाएको मागलाई बेवास्ता नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका