सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न छन् : कांग्रेस



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको दाबी दोहो¥याएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेकखले विज्ञप्ति जारी गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सहकारीमा बचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेका छन् । यसबारेमा संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलले निरन्तर माग गरिरहेको सर्वविदित्तै छ । लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अर्बौं बचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको कांग्रेसको निष्कर्ष छ ।विज्ञपित्मा भनिएको छ, ‘सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको बचतको सुरक्षाको ग्यारेन्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरुमाथि कारबाही गर्न अनिवार्य भएको ठहर गर्दछ । कांग्रेसले उठाएको मागलाई बेवास्ता नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...