सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं : माधव नेपाल



 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? भन्ने भइरहेको बताए । नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा अहिले नै आजभोलि नै के हुन्छ भन्ने कुराले प्रभावित पारिरहेको छ, सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? आजको सदनमा कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिने, राष्ट्रपतिले बाचन गरेपछि टेबुल गर्ने र छलफल गरेपछि पास गर्ने कुरा हुन्छ । यी सबै कुरामा जटिलता आउनसक्छ, सरकारले कसरी हेरिरहेको छ ? सत्ताधारी र विपक्षी दलहरूले कसरी आफ्नो कुरा अगाडि बढाइरहेका छन्, हामीले जानकारी लिनुपर्छ । उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने/नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय गनुपर्ने हुनसक्ने संकेत गरे । ‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, संसद चल्ने/नचल्ने विषयमा हुने वार्ता हामीले पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ, हामीलाई जानकारी पनि गराइँदैन । यी सबै पीडा र वेदना आफ्ना ठाउँमा छन् । यी पीडा र वेदनाले हामीलाई कहाँ पुर्‍याउने हो ?’, नेपालले भने, ‘सत्ताको निम्ति मरिहत्ते गरेर बस्ने हो कि ! स्वतन्त्र स्वाभिमानलाई ध्यान राखेर अगाडि बढ्ने हो ? भनेर हामीले सोच्नुपर्ने अवस्था छ । यसका लागि दिनदिनको परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने हिसाबले अघि बढ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्