सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? भन्ने भइरहेको बताए । नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा अहिले नै आजभोलि नै के हुन्छ भन्ने कुराले प्रभावित पारिरहेको छ, सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? आजको सदनमा कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिने, राष्ट्रपतिले बाचन गरेपछि टेबुल गर्ने र छलफल गरेपछि पास गर्ने कुरा हुन्छ । यी सबै कुरामा जटिलता आउनसक्छ, सरकारले कसरी हेरिरहेको छ ? सत्ताधारी र विपक्षी दलहरूले कसरी आफ्नो कुरा अगाडि बढाइरहेका छन्, हामीले जानकारी लिनुपर्छ । उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने/नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय गनुपर्ने हुनसक्ने संकेत गरे । ‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, संसद चल्ने/नचल्ने विषयमा हुने वार्ता हामीले पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ, हामीलाई जानकारी पनि गराइँदैन । यी सबै पीडा र वेदना आफ्ना ठाउँमा छन् । यी पीडा र वेदनाले हामीलाई कहाँ पुर्‍याउने हो ?’, नेपालले भने, ‘सत्ताको निम्ति मरिहत्ते गरेर बस्ने हो कि ! स्वतन्त्र स्वाभिमानलाई ध्यान राखेर अगाडि बढ्ने हो ? भनेर हामीले सोच्नुपर्ने अवस्था छ । यसका लागि दिनदिनको परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने हिसाबले अघि बढ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...