सत्ता गठबन्धन फेरिन सक्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् । सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् । तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका अध्यक्ष नेपालले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् । ‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...