माओवादी र काँग्रेसको ४१ जना एमालेमा प्रवेश



 

 

जनसंख्या र भौगोलिक हिसाबले सबैभन्दा सानो ठाउँ लिम्चुङ्गबुङ्गमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पहिरो गएको छ । लामो समयदेखि सरकारमा रहँदा पनि जनताको जनजीविकाको सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै दुई पार्टीका ४१ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । यसरी प्रवेश गर्नेहरुमा पालिकाका प्रभावशाली नेतादेखि विभिन्न मोर्चा तथा जनवर्गिय संगठनको जिम्वेवारी सम्हाली सक्नुभएका व्यक्तिहरू हुनुहुन्छ । स्थानीय एमाले नेता तथा जिल्ला कमिटी सदस्य राजकुमार राई (कोयु) का अनुसार माओवादीबाट शेर्पा राष्ट्रिय मुक्ती मोर्चाका गन्जु शेर्पाको नेतृत्वमा २७ जना रहनुभएको छ । त्यसैगरी काँग्रेसका काजी मगर र फुरे शेर्पाको नेतृत्वमा १४ प्रवेश गर्नुभयो । उहाँहरुलाई पोलिटब्यूरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापा, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, देवराज राई, बेनीबहादुर रम्तेल, जिल्ला अध्यक्ष भागवत राउत, पुर्वअध्यक्ष परमेश्वर घिमिरे, उपसचिब हेम खड्का लगायतका नेताहरुले अविर लगाएर स्वागत गर्नुभएको थियो । नवप्रवेशीलाई स्वागत गर्दै नेताहरुले योग्यता, क्षमताका आधारमा सबैलाई उपयुक्त जिम्मेवारी दिएर पार्टी निर्माणमा लगाईने बताउनुभयो । उहाँहरुले एमालेले लिएको “सुखी नेपाली, समृद्ध नेपाल”को महत्वपूर्ण आकांक्षालाई पूरा गर्न यतिबेला एमालेलाई मजवुद बनाई आगामी निर्वाचनमा दुई तिहाई वहुमतको सरकार बनाउन दिनु पर्ने धारणा व्यक्त गर्नुभयो । नेताहरुले मुलुकको विकास र समृद्धिलाई अघि बढाउन एमालेसँग मात्र स्पष्ट रोडम्याप रहेको स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष भागवत राउतले सत्तामा हुँदा र नहुँदा पनि एमालेले जनताका जनजीविका र राष्ट्रियताका सवालमा खेलेको भुमिकाले जनतामा आकर्षण बढेको बताउनुभयो । उहाँले विगतमा बाटो बिराएर गएकाहरुलाई पनि पार्टी भित्र फर्केर पुनः जिम्मेवारी सम्हाल्लन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका