माओवादी र काँग्रेसको ४१ जना एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

जनसंख्या र भौगोलिक हिसाबले सबैभन्दा सानो ठाउँ लिम्चुङ्गबुङ्गमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पहिरो गएको छ । लामो समयदेखि सरकारमा रहँदा पनि जनताको जनजीविकाको सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै दुई पार्टीका ४१ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । यसरी प्रवेश गर्नेहरुमा पालिकाका प्रभावशाली नेतादेखि विभिन्न मोर्चा तथा जनवर्गिय संगठनको जिम्वेवारी सम्हाली सक्नुभएका व्यक्तिहरू हुनुहुन्छ । स्थानीय एमाले नेता तथा जिल्ला कमिटी सदस्य राजकुमार राई (कोयु) का अनुसार माओवादीबाट शेर्पा राष्ट्रिय मुक्ती मोर्चाका गन्जु शेर्पाको नेतृत्वमा २७ जना रहनुभएको छ । त्यसैगरी काँग्रेसका काजी मगर र फुरे शेर्पाको नेतृत्वमा १४ प्रवेश गर्नुभयो । उहाँहरुलाई पोलिटब्यूरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापा, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, देवराज राई, बेनीबहादुर रम्तेल, जिल्ला अध्यक्ष भागवत राउत, पुर्वअध्यक्ष परमेश्वर घिमिरे, उपसचिब हेम खड्का लगायतका नेताहरुले अविर लगाएर स्वागत गर्नुभएको थियो । नवप्रवेशीलाई स्वागत गर्दै नेताहरुले योग्यता, क्षमताका आधारमा सबैलाई उपयुक्त जिम्मेवारी दिएर पार्टी निर्माणमा लगाईने बताउनुभयो । उहाँहरुले एमालेले लिएको “सुखी नेपाली, समृद्ध नेपाल”को महत्वपूर्ण आकांक्षालाई पूरा गर्न यतिबेला एमालेलाई मजवुद बनाई आगामी निर्वाचनमा दुई तिहाई वहुमतको सरकार बनाउन दिनु पर्ने धारणा व्यक्त गर्नुभयो । नेताहरुले मुलुकको विकास र समृद्धिलाई अघि बढाउन एमालेसँग मात्र स्पष्ट रोडम्याप रहेको स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष भागवत राउतले सत्तामा हुँदा र नहुँदा पनि एमालेले जनताका जनजीविका र राष्ट्रियताका सवालमा खेलेको भुमिकाले जनतामा आकर्षण बढेको बताउनुभयो । उहाँले विगतमा बाटो बिराएर गएकाहरुलाई पनि पार्टी भित्र फर्केर पुनः जिम्मेवारी सम्हाल्लन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...