वैदेशिक रोजगारीमा पठाउने भन्दै साढे ४ करोड ठगी गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धन अघि बढाइएको बताए । ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका ५ का रहेको बताए । त्यस्तै, अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको प्रमुख भट्टराईले बताए । उनले पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गा.पा. २ का वर्ष ४८ का जगतबहादुर तामाङ, जिल्ला तनहुँ ऋषिङ्ग गा.पा. २ का वर्ष ४६ का विष्णुबहादुर बराली र वर्ष ४८ का तनहुँ ऋषिङ्ग गा.पा. २ का जंगबहादुर वि.क. (बराल) लाई पक्राउ गरी सार्वजनिक गरेको बताए । उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको बताए । केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रुपमा मानव तस्करीमा संलग्न रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...