भक्तपुरका एमालेलाई अधिवेशनको चटारो



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले भक्तपुरलाई यतिबेला अधिवेशनको चटारो लागेको छ । जेठ ३ गते सुरु नवौं जिल्ला अधिवेशनकोलागि प्रतिनिधि चयन लगभग सकिएको एमालेले जानकारी दिएको छ । प्रतिनिधि व्यवस्थापन समितिका संयोजक शिवराम तिमिल्सिनाका अनुसार भूगोलबाट आउने प्रतिनिधि सबैतिर चयन भएका छन् । जसअनुसार सूर्यविनायक नगर कमिटीबाट १ सय ३१ जना, मध्यपुरथिमिबाट ५१, भक्तपुर नगरबाट १६, चाँगुनारायण नगर कमिटीबाट ७० जना रहेका छन् । एमालेका विभिन्न जनसंगठनबाट ४६ जना, सल्लाकार कमिटीबाट २२ जना रहेका छन् । नवौं जिल्ला अधिवेशन आयोजक कमिटीबाट १ सय २५ जना प्रतिनिधि रहेका छन् । अहिलेसम्म ४ सय ६१ जना प्रतिनिधि छनोट भइसक्नु भएको छ, संयोजक तिमिल्सिनाले भन्नुभयो । पार्टीको विधिान अनुसार केही प्रतिनिधि मनोनित हुने उहाँले जानकारी दिनुभयो । सल्लाघारी चुनदेविसंगै रहेको इम्पेरियल बैंक्वटमा जेठ ३ गते ११ बजे पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्माले ओली अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनु भएको छ । अधिवेशन भव्य र सव्य बनाउनको लागि हामी विभिन्न समिति बनाएका काम गरिहेका छौं, अध्यक्ष देउजाले भन्नु भयो । ३ गते उद्धघाट सत्र सकिएपछि बन्दसत्र सुरु हुने एमालेले जानकारी दिएको छ । ४ गतेसम्म चल्ने अधिवेशनले एमाले भक्तपुरको नेतृत्व चयन समेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...