कांग्रेस आफ्नो अडानबाट पछि हट्दैन : रमेश लेखक



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुन नदिने संकेत गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही नहुँदासम्म पछि नहट्ने बताए । सहकारी प्रकरणको छानबिन गर्ने सम्बन्धमा आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो !सोमबार धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि कुरा गर्दै लेखकले सहकारीबाट लाखौँ मान्छेलाई ठगी गर्नेलाई जोगाउन जुनसुकै पार्टी र नेता लागे पनि कांग्रेस पछि नहट्ने बताए । उनले भने, ‘लाखौँ गरेका मान्छे सहकारीबाट ठगिएका छन् । सहकारीका ठग बचाउनका लागि जो सुकै पार्टी र जो नेता लागे पनि हाम्रो पार्टी पछि हट्दैन ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...