कांग्रेस आफ्नो अडानबाट पछि हट्दैन : रमेश लेखक



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुन नदिने संकेत गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही नहुँदासम्म पछि नहट्ने बताए । सहकारी प्रकरणको छानबिन गर्ने सम्बन्धमा आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो !सोमबार धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि कुरा गर्दै लेखकले सहकारीबाट लाखौँ मान्छेलाई ठगी गर्नेलाई जोगाउन जुनसुकै पार्टी र नेता लागे पनि कांग्रेस पछि नहट्ने बताए । उनले भने, ‘लाखौँ गरेका मान्छे सहकारीबाट ठगिएका छन् । सहकारीका ठग बचाउनका लागि जो सुकै पार्टी र जो नेता लागे पनि हाम्रो पार्टी पछि हट्दैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...