बाटोमा ठोक्किएको निहुँमा विवाद भएपछी चक्कु हानेर युवकको हत्या



हाम्रो इकोनोमि

 

बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्याको भएको थियो । हत्या आरोपमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरहरुसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरहरुको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए । धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरु साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए । ‘मृतक र पक्राउ परेकाहरु बीच कुनै चिनजान पनि देखिँदैन । अन्य कारणहरु पनि देखिँदैन । ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ’ एसपी अधिकारीले भने । किशोरहरुको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...