बाटोमा ठोक्किएको निहुँमा विवाद भएपछी चक्कु हानेर युवकको हत्या



हाम्रो इकोनोमि

 

बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्याको भएको थियो । हत्या आरोपमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरहरुसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरहरुको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए । धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरु साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए । ‘मृतक र पक्राउ परेकाहरु बीच कुनै चिनजान पनि देखिँदैन । अन्य कारणहरु पनि देखिँदैन । ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ’ एसपी अधिकारीले भने । किशोरहरुको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...