संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मकः कांग्रेस



हाम्रो इकोनोमि

सहकारीको बचत रकम हिनामिना सन्दर्भमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक प्रतिक्रिया दिएको नेपाली कांग्रेसले जनाएको छ। संसद्मा जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहितको प्रतिनिधिमण्डलसँग संवाद गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको संवादपछि बाहिरिदै कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको मागमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताएका हुन्। हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका थियौं संसदीय छानबिन गठनका विषयमा प्रधानमन्त्रीज्युसँग प्रस्ट कुरा राख्यौं। उहाँले सकारात्मक ढंगबाट लिनुभएको छ,’ उनले भने।  

कांग्रेसले आफ्नो थप निर्णय सोमबार बस्ने संसदीय दलको बैठकबाट लिने लेखकले बताए। संवादमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला पनि सहभागि थिए

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...