संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मकः कांग्रेस



सहकारीको बचत रकम हिनामिना सन्दर्भमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक प्रतिक्रिया दिएको नेपाली कांग्रेसले जनाएको छ। संसद्मा जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहितको प्रतिनिधिमण्डलसँग संवाद गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको संवादपछि बाहिरिदै कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको मागमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताएका हुन्। हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका थियौं संसदीय छानबिन गठनका विषयमा प्रधानमन्त्रीज्युसँग प्रस्ट कुरा राख्यौं। उहाँले सकारात्मक ढंगबाट लिनुभएको छ,’ उनले भने।  

कांग्रेसले आफ्नो थप निर्णय सोमबार बस्ने संसदीय दलको बैठकबाट लिने लेखकले बताए। संवादमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला पनि सहभागि थिए

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको