भरतपुरमा स्कुल बसमा आगजनी



हाम्रो इकोनोमि

 

चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो । बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै फरार छन् । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । सो समूहले ‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...