दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा



 

 

भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ । मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन । भारतमा लोक सभाको सात चरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँदिल्लीमा यही मे २५ तारिखमा चुनाव छ । न्यायाधिश सन्जीव खन्नाले पाँच वर्षमा एकपटक हुने चुनावमा भोट हाल्न पाउनु र चुनाव प्रचार गर्न पाउनु मौलिक अधिकार भएको भन्दै केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको