एमाले संसदीय दलको बैठकमा सुहाङ



हाम्रो इकोनोमि

 

 

इलाम २ मा भएको उपनिर्वाचनबाट निर्वाचिन एमाले सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित भएका छन् ।  वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङ आज बसेको दलको बैठकमा पहिलो पटक उपस्थित भएका हुन् । समसामयिक राजनीतिक विषयबारे सांसदहरूलाई मार्गनिर्देश गर्न संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक राखेका थिए । आजबाट बजेट अधिवेशन सुरु हुँदैछ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । उनले भने, ‘हामीले बोल्दा अध्ययन गरेर प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ । लामा होइन, संक्षिप्त गर्नुपर्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो आदर्श हो । राष्ट्रिय एकताविरुद्धको कुनै गतिविधि स्वीकार्य छैन । नेपालको हितविपरीतको कुरालाई मान्दैनौं । हाम्रो आदर्श त्यो हो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...