एमाले संसदीय दलको बैठकमा सुहाङ



हाम्रो इकोनोमि

 

 

इलाम २ मा भएको उपनिर्वाचनबाट निर्वाचिन एमाले सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित भएका छन् ।  वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङ आज बसेको दलको बैठकमा पहिलो पटक उपस्थित भएका हुन् । समसामयिक राजनीतिक विषयबारे सांसदहरूलाई मार्गनिर्देश गर्न संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक राखेका थिए । आजबाट बजेट अधिवेशन सुरु हुँदैछ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । उनले भने, ‘हामीले बोल्दा अध्ययन गरेर प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ । लामा होइन, संक्षिप्त गर्नुपर्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो आदर्श हो । राष्ट्रिय एकताविरुद्धको कुनै गतिविधि स्वीकार्य छैन । नेपालको हितविपरीतको कुरालाई मान्दैनौं । हाम्रो आदर्श त्यो हो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...