१० सीट भएको पार्टीले के प्रधानमन्त्रीको कुरा गर्नु : ओली



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयास निरन्तर भइरहेको दाबी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अहिले पनि राजनीतिक अस्थिर रहेको बताए । उनले भने- राजनीति अस्थिर छ । पोहोरको झैं दुई महिनामा सरकार उल्ट्याउने खेल भइरहेको छ उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, १० सीट भएको पार्टी राष्ट्रिय पार्टी होइन । त्यस पार्टीको प्रतिनिधिले विश्वासको मत दिने बेलामा भएको छलफलमा म सम्झिरहेको छु । आक्रोशित र कुण्ठाग्रस्त थियो । त्यही कुरा यस बीचमा म प्रधानमन्त्री हुँदैछ भनेर कसैलाई भतभत पोलेको छ भने, कहाँ प्रधानमन्त्री हुन आँटेका हुन् ? त्यसैले अस्थिरता ल्याउने कोशिस लगातार भइरहेको छ । उनले अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको बताए । उनले भने- अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि एउटा पार्टी विभाजन भएको छ । उहाँहरूको अभिव्यक्ति सुन्नुभयो होला । यो समीकरण ढाल्न लागेपछि हामीले सहमत हुन नसकेपछि विभाजन गर्‍यौँ भनिराख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।