१० सीट भएको पार्टीले के प्रधानमन्त्रीको कुरा गर्नु : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयास निरन्तर भइरहेको दाबी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अहिले पनि राजनीतिक अस्थिर रहेको बताए । उनले भने- राजनीति अस्थिर छ । पोहोरको झैं दुई महिनामा सरकार उल्ट्याउने खेल भइरहेको छ उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, १० सीट भएको पार्टी राष्ट्रिय पार्टी होइन । त्यस पार्टीको प्रतिनिधिले विश्वासको मत दिने बेलामा भएको छलफलमा म सम्झिरहेको छु । आक्रोशित र कुण्ठाग्रस्त थियो । त्यही कुरा यस बीचमा म प्रधानमन्त्री हुँदैछ भनेर कसैलाई भतभत पोलेको छ भने, कहाँ प्रधानमन्त्री हुन आँटेका हुन् ? त्यसैले अस्थिरता ल्याउने कोशिस लगातार भइरहेको छ । उनले अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको बताए । उनले भने- अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि एउटा पार्टी विभाजन भएको छ । उहाँहरूको अभिव्यक्ति सुन्नुभयो होला । यो समीकरण ढाल्न लागेपछि हामीले सहमत हुन नसकेपछि विभाजन गर्‍यौँ भनिराख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...