राष्ट्रियसभा र संघीयता खारेज गरौँ : रामकुमारी झाँक्री



 

 

 नेकपा एकीकृत समावादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा बोल्दै उनले संघीयता सवलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबीसमेत गरिन् । नेतृ झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका रहेको बताइन् । स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रियसभामा फेरि ५९ जना किन चाहियो ? राष्ट्रियसभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ । हामीले कि शासकीय स्वरुप फेरौं कि त निर्वाचन प्रणाली फेरौं वा निर्वाचन कानूनमा केही न केही फेरौं । केही पनि नफेरिकन हामी कतै पुग्दैनौं’, उनले भनिन्, ‘संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ कि पाउँदैन म भन्न सक्दिनँ । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खोप पाउँछ कि पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिनँ । शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको मिश्रित निर्वाचन प्रणाली हेर्नुपर्नेमा उनले जोड दिइन् । सचिव झाँक्रीले निर्वाचनको थ्रेसहोल्ड बढाउनुपर्नेसमेत बताइन् । उनले नेपालका ४० लाख मानिसले विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्