राष्ट्रियसभा र संघीयता खारेज गरौँ : रामकुमारी झाँक्री



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समावादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा बोल्दै उनले संघीयता सवलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबीसमेत गरिन् । नेतृ झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका रहेको बताइन् । स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रियसभामा फेरि ५९ जना किन चाहियो ? राष्ट्रियसभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ । हामीले कि शासकीय स्वरुप फेरौं कि त निर्वाचन प्रणाली फेरौं वा निर्वाचन कानूनमा केही न केही फेरौं । केही पनि नफेरिकन हामी कतै पुग्दैनौं’, उनले भनिन्, ‘संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ कि पाउँदैन म भन्न सक्दिनँ । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खोप पाउँछ कि पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिनँ । शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको मिश्रित निर्वाचन प्रणाली हेर्नुपर्नेमा उनले जोड दिइन् । सचिव झाँक्रीले निर्वाचनको थ्रेसहोल्ड बढाउनुपर्नेसमेत बताइन् । उनले नेपालका ४० लाख मानिसले विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...