रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलकाे बैठकले सो निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस वैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरको एक नेताले बताए । संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न दिने निर्णय कांग्रेसले लिएको छ । प्रमुख नेताहरुले बोलिसकेपश्चात भने कांग्रेसले संसद अवरोधलाई निरन्तरता दिने छ । संसदीय समिति गठनको मागबाट पार्टी पछाडि नहटेको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...