परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन



हाम्रो इकोनोमि

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको हो । अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै’, मन्त्री चौधरीले भन्नुभयो, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’ उहाँले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताउनुभयो । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरी काम गर्नुपर्ने भन्दै उहाँले तर सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताउनुभयो । त्यसका बाबजुद पनि बढी भन्दा बढी सेवाग्राही लाभ हुनेगरी काम गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबिच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताउनुभयो । मन्त्रालयले काम गर्ने क्षेत्र ठुलो भएको भन्दै उहाँले जिम्मेवारी अनुसार सबै क्षेत्रमा राम्रा काम गर्नेगरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...