न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता



हाम्रो इकोनोमि

 

 

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरोसर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिकसर्जरी,एमआरआई,प्रसुतितथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक लि.गोल्छा चोक, शाखा प्रमूख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभयो । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्घारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिलाई भुक्तानी गर्नुपर्ने हुन्छ । नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि मा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १०∞ र प्रभु बैंकका कर्मचारीहरुलाई १५∞ सम्मको छुट व्यवस्था रहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ

प्रतिक्रिया दिनुहोस
भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...