जसरी भएपनि सरकार पूरा अवधि चल्छ : प्रधानमन्त्री



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् । उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् । प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् । नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् । सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीले बताए । आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन । तर मैले नेतृत्व लिए यता धेरै सकारात्मक परिवर्तन भएका छन् । सन्तोषजनक नभए पनि प्रगति राम्रै छ,’ प्रचण्डले भने ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिंदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ । विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

  इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

     एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्

नेप्से- ४५ अंकले वृद्धि, सवा ५ अर्ब कारोबार

    शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण