जसपा फुटाउन धेरै खर्च गरिएको देखियो : उपेन्द्र



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको बताएका छन् । पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी फुटायौँ भनेर प्रचार गर्नेहरूको पक्षमा जनमत नहुने बताए । उनले भने- लाखौँ पार्टी सदस्य र नेताहरू हामीसँगै छन्, केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी हामीसँगै छन्, कार्यकारिणी समितिको बहुमत सदस्य यही बसिराख्नुभएको छ । ५,७ सांसदहरू मन्त्री बनाइदिने, अनेक प्रलोभन, खर्च पनि निकै गरिएको देखियो, खर्च गरेरै भए पनि पार्टी फुटाए भनेर जुन किसिमको प्रचार गरिएको छ त्यसले जनआधार पाउँदैन, पार्टी अझै सुदृढ भएर जान्छन् । उनले आफूले कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए । उनले भने- पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ । उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त । मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो । पहिला बनी बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो । के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...