गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : उपेन्द्र यादव



हाम्रो इकोनोमि

 

 

 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गरे । उनले भने- म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित थियो । कसैसँग भेटेको थिएन । त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी महाधिवेशनको तयारी भइरहेको बेलामा तर, संस्थागत रूपमा पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ । उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए । उनले भने- संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ। उनले अहिलेसम्म सरकारलाई दिए समर्थन कायमै राख्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...