आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटनै कन्ट्रोल गर्न सकिने



हाम्रो इकोनोमि

 

 

वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एप मार्फत कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ, अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनिले बताएको छ । छन् इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेकामाइडिया वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र बिजुलीको लागत घटाउँदै तपाईंको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्दछ । एक्सप्रेस कुलिङ सर्कलले तपाईंको मनपर्ने पेय पदार्थ र परिकारहरूको तत्काल आनन्द लिनको लागि चाडै चिस्याउने सुनिश्चित गर्दछ, एक्टिभ सी फ्रेश प्रणालीले गन्धलाई कम राख्छ साथै यी रेफ्रिजेरेटर ब्रश स्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ।साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले वताएको छ । नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्ष सम्मको वारेन्टी दिइएको छ । नेपाल भर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मुल्यमा उपभोक्ताले खरिद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै नयाँ बर्ष २०८१को अवसरमा माइडीयब्रान्डको रेफ्रिजेरेटर खरदि गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...