उपेन्द्रसँग ५ जना मात्रै सांसद, अशोक राईको नेतृत्वमा ७



हाम्रो इकोनोमि

 

 

अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव फर्केपछि नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर फर्किएपछि आन्तरिक छलफलमा जुटेका हुन । अहिले आफूहरू पार्टीको आन्तरिक छलफलमा रहेको सांसद प्रकाश अधिकारीले बताए । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए लगत्तै मान्यता दिएपछि अध्यक्ष यादव असन्तुष्ट छन् । उनीहरूले आफ्नो पार्टी फुटेको नभई फुटाइएको जिकिर गर्दै आइरहेका छन् । पार्टी विभाजनलाई मान्यता दिएको विषयमा सर्वोच्च अदालत जाने तयारी हुँदै छ ? भन्ने जिज्ञासामा उनले थपे- अहिले हामी अनौपचारिक छलफलमा छौँ, त्यो सबै औपचारिक बैठक बसेपछि मात्रै निर्णय होला । उनले पार्टी विभाजनको विषयमा आफूहरूले अध्ययन गरिरहेको बताए । १२ सांसद रहेको जसपामा ७ सांसदले साथ छाडेपछि उपेन्द्रसँग अहिले ५ जना मात्रै छन् । तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूले बताउँदै आएका छन् । त्यसैले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेलेको बताइन्छ । तर, त्यसबारे अध्ययन भइरहेको जसपा नेपालका नेताहरूले बताएका छन् । विभाजित भएर बनेको जसपाले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरिसकेको छ भने उपेन्द्र पनि तत्काल सरकार छाड्ने मुडमा छैनन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...