उपेन्द्रसँग ५ जना मात्रै सांसद, अशोक राईको नेतृत्वमा ७



हाम्रो इकोनोमि

 

 

अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव फर्केपछि नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर फर्किएपछि आन्तरिक छलफलमा जुटेका हुन । अहिले आफूहरू पार्टीको आन्तरिक छलफलमा रहेको सांसद प्रकाश अधिकारीले बताए । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए लगत्तै मान्यता दिएपछि अध्यक्ष यादव असन्तुष्ट छन् । उनीहरूले आफ्नो पार्टी फुटेको नभई फुटाइएको जिकिर गर्दै आइरहेका छन् । पार्टी विभाजनलाई मान्यता दिएको विषयमा सर्वोच्च अदालत जाने तयारी हुँदै छ ? भन्ने जिज्ञासामा उनले थपे- अहिले हामी अनौपचारिक छलफलमा छौँ, त्यो सबै औपचारिक बैठक बसेपछि मात्रै निर्णय होला । उनले पार्टी विभाजनको विषयमा आफूहरूले अध्ययन गरिरहेको बताए । १२ सांसद रहेको जसपामा ७ सांसदले साथ छाडेपछि उपेन्द्रसँग अहिले ५ जना मात्रै छन् । तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूले बताउँदै आएका छन् । त्यसैले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेलेको बताइन्छ । तर, त्यसबारे अध्ययन भइरहेको जसपा नेपालका नेताहरूले बताएका छन् । विभाजित भएर बनेको जसपाले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरिसकेको छ भने उपेन्द्र पनि तत्काल सरकार छाड्ने मुडमा छैनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...