देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने



हाम्रो इकोनोमि

 

 

आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुने छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । त्यसैको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । आज बिहान बागमती र कोशी प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद गंगा नगरकोटीले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन् । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार पनि देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । बुधबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।विहीबार भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको थियो । वर्षाका कारण तुवालो हट्दै गएको र डढेलो पनि कम हुँदै गएको मौसमविद नगरकोटीले बताइन् । गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण पोर्टलमा देशका १८० स्थानमा मात्रै डढेलो लागेको देखिन्छ । केही दिनअघिसम्म एकै दिन पाँच सय स्थानमा डढेलो लागेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...