गणेशमान सिंह मेमोरियल हस्पिटलर र प्रभु बैंकबीच विशेष छुट सम्झौता



हाम्रो इकोनोमि

 

 

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा,दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका व्यापार प्रवर्धन व्यवस्थापकको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता...

भक्तपुर मालपोतका नासुको ९ करोड ७३ लाखको अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत...

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

    नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किएर एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना...