म एमालेमा फर्किन तयार छु : वामदेव



हाम्रो इकोनोमि

 

 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन तयार रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेको गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।

 

उनको भनाइ जस्ताको त्यस्तै:

पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ  ? भनेको उहाँले भन्नुभयो । हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो । त्यसो कमिटीले के निर्णय गर्‍यो आनसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो । मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो । मैले महसुस गरे पछिल्लो पटक दुईटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो। म कतैतिर लागिनँ । तर, दुवैतिरका नेताहरूले अहिले पनि भन्छन् फुटाउने वामदेव हो भनेर । मैले मिलाउन प्रयास गरेको हो कसैले साथ दिनुभएन । अब एक्लै के गर्नु र ? अलग बसे।

त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो । आज घाटा लागेको छ । तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ । त्यस बेला मैले पार्टी फुटाएको होइन । ०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो । रियलाइजेसन भएपछि फर्केर आइयो। अहिले पनि उहाँले बोलाएको बेलामा जानपर्थ्यो । अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो । तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु । मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाऔँ। मैले त्यस बेलै भनेको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...