म एमालेमा फर्किन तयार छु : वामदेव



हाम्रो इकोनोमि

 

 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन तयार रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेको गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।

 

उनको भनाइ जस्ताको त्यस्तै:

पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ  ? भनेको उहाँले भन्नुभयो । हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो । त्यसो कमिटीले के निर्णय गर्‍यो आनसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो । मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो । मैले महसुस गरे पछिल्लो पटक दुईटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो। म कतैतिर लागिनँ । तर, दुवैतिरका नेताहरूले अहिले पनि भन्छन् फुटाउने वामदेव हो भनेर । मैले मिलाउन प्रयास गरेको हो कसैले साथ दिनुभएन । अब एक्लै के गर्नु र ? अलग बसे।

त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो । आज घाटा लागेको छ । तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ । त्यस बेला मैले पार्टी फुटाएको होइन । ०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो । रियलाइजेसन भएपछि फर्केर आइयो। अहिले पनि उहाँले बोलाएको बेलामा जानपर्थ्यो । अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो । तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु । मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाऔँ। मैले त्यस बेलै भनेको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...