समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन : झलनाथ



हाम्रो इकोनोमि

 

 

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निवास पुगेका छन् । खनाल निवास डल्लु पुगेका अर्थमन्त्री पुनसँग पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ । उनले अर्थमन्त्री पुनसँग समीकरणलाई थप बलियो बनाएर जानेबारे पनि छलफल भएको बताए । पुनसँगको भेटपछि खनालले नेपाल प्रेससँग भने, ‘अहिले समीकरण थप सदृढ बन्दै गएको छ, यसलाई थप बलियो बनाएर लानुपर्छ भन्नेमा छौं । त्यही कुराकानी भयो ।

जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको डिलमा रहेको चर्चा छ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टी विभाजन हुँदैन, त्यस्तो कुनै सम्भावना छैन । जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेको बेलामा माधव नेपालले दलको बैठक बोलाएका छन् । तर, पार्टी विभाजन हुने खालको कुनै विवाद नभएको नेता खनालले जिकिर गरे । नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्नेमा विवाद रहँदै आएको छ । नेता खनाललगायतका नेता एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् भने अध्यक्ष नेपाल सुरुआती चरणदेखि नै यो समीकरणमा सन्तुष्ट छैनन् । कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने माधव नेपालको सक्रियताकै कारणले उपेन्द्र नेतृत्वको जसपा विभाजन भएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...