समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन : झलनाथ



 

 

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निवास पुगेका छन् । खनाल निवास डल्लु पुगेका अर्थमन्त्री पुनसँग पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ । उनले अर्थमन्त्री पुनसँग समीकरणलाई थप बलियो बनाएर जानेबारे पनि छलफल भएको बताए । पुनसँगको भेटपछि खनालले नेपाल प्रेससँग भने, ‘अहिले समीकरण थप सदृढ बन्दै गएको छ, यसलाई थप बलियो बनाएर लानुपर्छ भन्नेमा छौं । त्यही कुराकानी भयो ।

जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको डिलमा रहेको चर्चा छ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टी विभाजन हुँदैन, त्यस्तो कुनै सम्भावना छैन । जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेको बेलामा माधव नेपालले दलको बैठक बोलाएका छन् । तर, पार्टी विभाजन हुने खालको कुनै विवाद नभएको नेता खनालले जिकिर गरे । नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्नेमा विवाद रहँदै आएको छ । नेता खनाललगायतका नेता एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् भने अध्यक्ष नेपाल सुरुआती चरणदेखि नै यो समीकरणमा सन्तुष्ट छैनन् । कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने माधव नेपालको सक्रियताकै कारणले उपेन्द्र नेतृत्वको जसपा विभाजन भएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

     प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित

    नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ ।

संसदीय छानबिन समिति कार्यदलको बैठक बस्दै

    सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक