भोजपुर एमालेको अध्यक्षमा मक्कर खडका निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले भोजपुरको अध्यक्षमा मक्कर खडका निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार निवर्तमान अध्यक्ष शरणकुमार राईलाई ९४ मतले पराजीत गर्दै खडका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित खडका निवर्तमान जिल्ला उपाध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नै कमिटीका अध्यक्ष राईलाई पराजीत गरी भोजपुर एमालेको नेतृत्व लिनुभएको हो । अध्यक्षमा निर्वाचित खडकाले ३१७ मत प्राप्त गर्नुभएको छ भने पराजीत राईले २२३ मत मात्रै प्राप्त गर्नुभएको छ ।

पदाधिकारीमा पनि खडकाको प्यानलबाट चुनाव लडेका सवै निर्वाचित भएका छन । उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृपाशुर शेर्पाले २१६ मत पाउनु भएको छ । यस्तै सचिवमा ३४७ मतसहित एक्सन राई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले १६८ मत मात्र पाउनुभएको छ । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत रहनुभएका एक्सनले पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गरी इतिहास कायम गर्नुभएको छ । यसैगरी उपसचिवमा ३०४ मतसहित दौलथ कुलुङ राई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जगतबहादुर चौहानले १७३ मत र साइती राईले ११ मत पाउनु भएको छ । गत स्थानीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जित्नुभएका दौलथ यही अधिवेशनबाट एमालेमा कमव्याक हुनुभएको छ ।

यस्तै महिला उपसचिवमा रमादेवी राई २९३ मतसहित बिजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका मेरिका राई २१६ मतमा रोकिनुभएको छ । एमाले भोजपुरको अधिवेशनमा नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधि रहेकोमा मतदानमा ५७३ जना सहभागी भएका थिए । खडका नेतृत्वको टीमलाई स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले साथ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...