भोजपुर एमालेको अध्यक्षमा मक्कर खडका निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले भोजपुरको अध्यक्षमा मक्कर खडका निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार निवर्तमान अध्यक्ष शरणकुमार राईलाई ९४ मतले पराजीत गर्दै खडका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित खडका निवर्तमान जिल्ला उपाध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नै कमिटीका अध्यक्ष राईलाई पराजीत गरी भोजपुर एमालेको नेतृत्व लिनुभएको हो । अध्यक्षमा निर्वाचित खडकाले ३१७ मत प्राप्त गर्नुभएको छ भने पराजीत राईले २२३ मत मात्रै प्राप्त गर्नुभएको छ ।

पदाधिकारीमा पनि खडकाको प्यानलबाट चुनाव लडेका सवै निर्वाचित भएका छन । उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृपाशुर शेर्पाले २१६ मत पाउनु भएको छ । यस्तै सचिवमा ३४७ मतसहित एक्सन राई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले १६८ मत मात्र पाउनुभएको छ । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत रहनुभएका एक्सनले पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गरी इतिहास कायम गर्नुभएको छ । यसैगरी उपसचिवमा ३०४ मतसहित दौलथ कुलुङ राई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जगतबहादुर चौहानले १७३ मत र साइती राईले ११ मत पाउनु भएको छ । गत स्थानीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जित्नुभएका दौलथ यही अधिवेशनबाट एमालेमा कमव्याक हुनुभएको छ ।

यस्तै महिला उपसचिवमा रमादेवी राई २९३ मतसहित बिजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका मेरिका राई २१६ मतमा रोकिनुभएको छ । एमाले भोजपुरको अधिवेशनमा नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधि रहेकोमा मतदानमा ५७३ जना सहभागी भएका थिए । खडका नेतृत्वको टीमलाई स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले साथ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...