गण्डकीमा राप्रपाले विश्वासको मत नदिने



हाम्रो इकोनोमि

 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभामा दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीको सरकारलाई विश्वासको मत नदिने जानकारी दिए । हाम्रो कार्यसम्पादन समितिकै निर्णय हो । हामीले गण्डकीमा अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौँ । तटस्थ बस्छौँ,’ उनले भने । गत चैत २५ मा नेकपा एमाले गण्डकी संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री अधिकारीले उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनलाई एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ । प्रदेश सभामा कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । ६० सदस्यीय प्रदेशमा सभामुखलाई गणना नगर्दा ३० बहुमत पुग्ने एमालेको दाबी छ । राप्रपाले साथ नदिँदा ३० लाई नै बहुमत मानेर जाने एमालेको तयारी छ । कांग्रेसले भने बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक हुने बताउँदै आएको छ । एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बहुमत पुर्‍याएरै विश्वासको मत लिने दाबी गरे । ‘विश्वासको मत लिनका लागि बहुमत पुग्नुपर्छ भन्ने छ । हामी बहुमत पुर्‍याएरै विश्वासको मत लिन्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...