गण्डकीमा राप्रपाले विश्वासको मत नदिने



हाम्रो इकोनोमि

 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभामा दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीको सरकारलाई विश्वासको मत नदिने जानकारी दिए । हाम्रो कार्यसम्पादन समितिकै निर्णय हो । हामीले गण्डकीमा अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौँ । तटस्थ बस्छौँ,’ उनले भने । गत चैत २५ मा नेकपा एमाले गण्डकी संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री अधिकारीले उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनलाई एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ । प्रदेश सभामा कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । ६० सदस्यीय प्रदेशमा सभामुखलाई गणना नगर्दा ३० बहुमत पुग्ने एमालेको दाबी छ । राप्रपाले साथ नदिँदा ३० लाई नै बहुमत मानेर जाने एमालेको तयारी छ । कांग्रेसले भने बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक हुने बताउँदै आएको छ । एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बहुमत पुर्‍याएरै विश्वासको मत लिने दाबी गरे । ‘विश्वासको मत लिनका लागि बहुमत पुग्नुपर्छ भन्ने छ । हामी बहुमत पुर्‍याएरै विश्वासको मत लिन्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...