सन्दीपको मुद्दा पहिलो नम्बरमै



हाम्रो इकोनोमि

 

 

 क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्ने छन् । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क छैनन् । यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । अदालती अभ्यासमा झझी आदेश दिएका न्यायाधीशले स्वार्थ बाझ्ने भन्दै सो मुद्दामा सुनवाइ कमै गरेको पाइन्छ । यद्यपि, निरौला आफैं मुख्य न्यायाधीश भएको हिसाबले उनी जिम्मेवारीबाट भाग्न नहुने सन्दीपका एक कानून व्यवसायीले बताए । सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...