उपेन्द्र देखाएर बार्गेनिङ नगर्न माधवलाई जसपाको चेतावनी



 

 

सत्ता साझेदार दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको असन्तुष्टि र अहिलेको समिकरणप्रतिको विमति सतहमै प्रकट भइरहेको छ । नेपाल वैकल्पिक गठबन्धनको प्रयासमा कांग्रेससँगको संवादमै छन् । उनले आफूले एमाले र माओवादीको साथ छाडेका दिन जसपाले पनि यो समिकरण छाड्ने र अहिलेको सरकार ढल्ने दावी गरिरहेका बेला जसपाको धारणा भने अहिलेसम्म आएको छैन । के जसपा माधव नेपालकै कारणमात्र अहिलेको सत्ता समीकरणमा रहेको हो ? जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकमा छन्,तर नेताहरु भने नेकपा एसभन्दा जसपा ठूलो र राष्ट्रिय पार्टी भएकाले माधव नेपालको पछि लाग्ने सम्भव नभएको बताइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि बाध्य भएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेसँग सहकार्य गर्न आइपुगे पनि केपी ओलीसँगको तिक्तता अझै हट्न सकेको छैन । उनले सत्ता समीकरण भत्काइदिने चेतावनीमात्र दिएका छैनन्,आफू अपमान सहन नजन्मिएको भन्दै प्रधानमन्त्रीको ग्यारेन्टी मागिरहेका छन् । एमालेप्रति माधव नेपालको आक्रोश मत्थर भएको छैन । उनी एमालेसहितको गठबन्धनबाट आफूले आलोपालो प्रधानमन्त्री पाउने सम्भावना नदेखेकै कारण खुलेरै ओलीको आलोचनामा उत्रिएका छन् । एउटै गठबन्धनमा भए पनि अहिले उनीहरुले एकअर्काप्रति आरोप-प्रत्यारोप र छेडखानी गर्न छाडेका छैनन् । हिजोमात्रै रसुवा पुगेका ओलीले माधव नेपाल प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरे ।

ओलीले भने, ‘अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ । यो अभिव्यक्ति ओलीले त्यसै दिएका होइनन्, अध्यक्ष नेपालले ओलीलाई लक्षित गर्दै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका थिए । नेपालले उनीहरुलाई भतभति पोलिरहेको छ र पोलोस् पनि भन्दै त्यस्ता व्यक्तिलाई धिक्कार भन्न चाहान्छु भनेर ओलीको आलोचना गरेका थिए । ओलीले  त्यसको जवाफ फर्काएका हुन् । गत सोमबार माधवले भनेका थिए, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ, म भन्न चाहन्छु । नयाँ समीकरणमा आफू बेचैन रहेको बताउँदै आएका नेपालको यो शक्ति भनेको कांग्रेसले देखाएको वैकल्पिक गठबन्धन हो । फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले नेपाललाई वैकल्पिक गठबन्धनको आश्वासन दिइरहेको छ ।

प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् । नयाँ गठबन्धन बने कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसद पुग्नेछन् । यो सरकार गठनको लागि आवश्यक संख्या हो । तर, यो समीकरणबाट माधव नेपाललाई प्रधानमन्त्री बनाउन जसपाको भूमिका निर्णायक रहन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । एमाले नेतृत्वमा नयाँ समीकरण बन्ने बेलामा पनि उपेन्द्रमाथि प्रचण्ड र ओलीको गठबन्धनमा सहभागी नहुन पार्टीभित्र र बाहिरबाट दबाब बढेको थियो । नयाँ समीकरणमा माधव नेपाल सहभागी भएपछि मात्रै उपेन्द्रले पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाएका थिए । नयाँ मन्त्रीहरुको शपथग्रहणअघि उपेन्द्रले माधव नेपाललाई घरमै गएर भेटेका पनि थिए । त्यसबेला उपेन्द्रले माधव नेपाल सरकारमा गए मात्रै आफू जाने भन्दै सुझाव नलिएका होइनन् । सम्मानित नेता झलनाथ खनालसहित पार्टीका अधिकांश नेताहरु अहिलेको गठबन्धनको पक्षमा उभिएपछि बाध्य भएर माधव यो समीकरणमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका