सुदूरपश्चिममा विश्वासको मतको लागि हतार नगर्ने ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले २ घण्टा बढी संवाद गरेका गरेका छन् । हिजो राती ओली निवास बालकोटमा १० बजेदेखि राति करिब १२ बजे पछिसम्म उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । बझाङको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउने गरि अभियान चलाएकोमा रावललाई ओलीले धन्यवाद दिएका थिए । रावल बझाङ जिल्ला इन्चार्ज हुन् । अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश सरकारको अवस्था र विश्वासको मतका विषयमा बढी गम्भीर देखिएका थिए । उनले तत्काल विश्वासको मत दिने विषयमा हतार नगर्न पनि एमाले सांसदहरुलाई निर्देशन दिए । बझाङबाट निर्वाचन एमाले सांसद दमन भण्डारीको बुवाको निधन भएको १५ दिन पनि नभएको भन्दै त्यो भन्दा पहिले विश्वासको मतको विषयमा हतार गर्न आवश्यक नरहेको ओलीले बताएका थिए । ‘अहिले विश्वासको मतको लागि हतार गर्नुपर्ने अवस्था छैन’ओलीको निर्देशन उदृत गर्दै संसदीय दलका नेता रावलले भने, ‘एमालेबाट निर्वाचित सांसदले शपथ गर्नु भएको छैन । बाँकी छलफल र परामर्श बाँकी छ अहिले किन हतार गर्नुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले यस अघि प्रदेश संसदीय दलले लिएको अडान अनुसार नै विश्वासको मतको लागि हतार नगर्ने गरि सुझाव र निर्देशन दिएको रावलले बताए । अध्यक्षले ओली यस विषयमा प्रदेशमा छलफल र संवाद गर्न रावललाई नै भनेका छन् । अध्यक्ष ओलीसँग भेट हुनु भन्दा पहिले महसचिव शंकर पोख्रेलसँग पनि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल र प्रमुख सचेतक पालले छलफल गरेका थिए । अध्यक्ष ओली र महासचिव पोख्रेलबीच पनि संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...