सुदूरपश्चिममा विश्वासको मतको लागि हतार नगर्ने ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले २ घण्टा बढी संवाद गरेका गरेका छन् । हिजो राती ओली निवास बालकोटमा १० बजेदेखि राति करिब १२ बजे पछिसम्म उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । बझाङको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउने गरि अभियान चलाएकोमा रावललाई ओलीले धन्यवाद दिएका थिए । रावल बझाङ जिल्ला इन्चार्ज हुन् । अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश सरकारको अवस्था र विश्वासको मतका विषयमा बढी गम्भीर देखिएका थिए । उनले तत्काल विश्वासको मत दिने विषयमा हतार नगर्न पनि एमाले सांसदहरुलाई निर्देशन दिए । बझाङबाट निर्वाचन एमाले सांसद दमन भण्डारीको बुवाको निधन भएको १५ दिन पनि नभएको भन्दै त्यो भन्दा पहिले विश्वासको मतको विषयमा हतार गर्न आवश्यक नरहेको ओलीले बताएका थिए । ‘अहिले विश्वासको मतको लागि हतार गर्नुपर्ने अवस्था छैन’ओलीको निर्देशन उदृत गर्दै संसदीय दलका नेता रावलले भने, ‘एमालेबाट निर्वाचित सांसदले शपथ गर्नु भएको छैन । बाँकी छलफल र परामर्श बाँकी छ अहिले किन हतार गर्नुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले यस अघि प्रदेश संसदीय दलले लिएको अडान अनुसार नै विश्वासको मतको लागि हतार नगर्ने गरि सुझाव र निर्देशन दिएको रावलले बताए । अध्यक्षले ओली यस विषयमा प्रदेशमा छलफल र संवाद गर्न रावललाई नै भनेका छन् । अध्यक्ष ओलीसँग भेट हुनु भन्दा पहिले महसचिव शंकर पोख्रेलसँग पनि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल र प्रमुख सचेतक पालले छलफल गरेका थिए । अध्यक्ष ओली र महासचिव पोख्रेलबीच पनि संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...