परिणाम देख्नेगरी काम गरेको छु : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशको नेतृत्व सम्हालेपछि कयौं मानक कायम भएको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको समुद्घाटन समारोहमा उनले १६ महिनामा धेरै परिणाम देख्ने गरी काम गरिरहेको जिकिर गरे । उनले भने, ‘मैले सरकारको नेतृत्व सम्हाल्दै गर्दाको अवस्था र १६ महिनापछिको अवस्थामा तुलना गर्दा देश र जनताको हितमा राम्रो काम गरेको छु, सरकारी संयन्त्रलाई पनि राम्रो कामको लागि मात्रै निर्देशित गर्नेछु । यस अवधिमा सरकारको कामबारे समीक्षा भएका छन् । गएको १६ महिनामा सुशासन र सामाजिक न्यायको दृष्टिले र देश बाहिर नेपालको प्रतिष्ठा बढाउने हिसाबले कयौं मानकहरु कायम भएका छन् । तर, देश र जनताको आवश्यकता अनुसार पुगेको छैन भन्ने अनुभूत हुने गरेको छ ।’

उनले देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा भएको बेलामा सरकारको नेतृत्व थालेपनि अहिले क्रमश: सुधार हुँदै आएको बताए । अहिले सबैभन्दा ठूलो समस्याको रुपमा देखा पारेको लघुवित्त र सहकारीको समस्या समाधान गर्नको लागि पनि प्रयास भइरहेको बताए । प्रधानमन्त्री दाहालले ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्डमा भएको कारबाहीले राज्यको दुरुपयोगबाट भएको अपराध कर्मको भण्डाफोर हुँदै गएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...